+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्कुटर दुर्घटनामा युवकको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १० गते ९:५९

१० भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

मृतक कार्की ट्रक व्यवसायका साथै लायन्स क्लबमा पनि क्रियाशील थिए । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?