
११ भदौ, वीरगञ्ज । रौतहटबाट ल्याइएका एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ ।
राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ६ः३० बजे मृत्यु भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।
सास फेर्न गाह्रो भएर वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएको थियो ।
कोरोनाको शंका लागेपछि तराईले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएकोमा त्यहीँ उनको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4