
११ भदौ, चितवन । चितवनको माडीमा डेढ महिनापछि ९ जनामा कोरोना संक्रमण देखिएको छ । गएको असार ३१ गतेपछि बिहीबार ९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि, माडीमा ४१ जना संक्रमित भएका थिए ।
अहिले थपिएका ९ जना संक्रमित माडी नगरपालिका वडा नं. ६ र ७ का ५ पुरुष र ४ महिला छन् । संक्रमित एकजना पाँच महिना बालकसमेत छन् । उनीहरू सबै जना होम क्वारेन्टिनमा नै बसेका थिए ।
होम क्वारेन्टिनमा बसे पनि नियम पालना नगर्दा स्थानीयमा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले बताए ।
माडीको बजार क्षेत्रका केही व्यक्तिमा पनि संक्रमण देखिएको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको नगर स्वास्थ्य प्रमुख सुवेदीले बताए ।
संक्रमितलाई माडी नगरपालिकाले तयार गरेको आइसोलेसनमा राखिने छ । माडी वडा नं. ५ छरछरेमा आइसोलेसन तयार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4