+
+

कोरोना संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १३:५३

१२ भदौ, बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा बिहीबार राति साढे २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यससँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?