
१२ भदौ, काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो ।
योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित भएका छन् । तीमध्ये ११६ जना निको भएर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4