+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जंगी अड्डामा कार्यरत सैनिक जवानले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते ११:५९

१४ भदौं, काठमाडौं । नेपाली सेनाका एकजना जवानले आत्महत्या गरेका छन् ।

तनहुँको रानी पोखरी घर भई जंगी अड्डामा कार्यरत जवानले आफैंले बोकेको हतियारले हानी आइतबार बिहान आत्महत्या गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी रहेका उनले आत्महत्या गरेका हुन् । 
मुचुल्का तयार गरी जवानको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । जंगी अड्डाले घटनाबारे जवानको परिवारलाई जानकारी गराइसकेको छ ।

घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरिएको सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?