
नायिका कंगना रनावतले ट्विटरमा आफ्नो दैनिक ४० देखि ५० हजार फलोअर्स कम भएको बताएकी छिन् । आफू राष्ट्रवादी भएकै कारणले गर्दा फलोअर्स कम भएको उनको तर्क छ ।
एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्–‘हो, मैले पनि यो कुरा नोटिस गरिरहेकी छु । मलाई यो बिषयमा शंका थियो तर अब पुष्टी भयो कि ट्विटरले नै यो काम गरिरहेको छ । तपाइको फलोअर्स केही समय अगाडि ९ लाख ९२ हजार थियो, तर पछि घटेर फेरि ९ लाख ८८ हजार भयो ।’
कंगनाले जवाफमा लेखेकी छिन्–‘म यो कुरामा सहमत छु । मेरो दिनमा ४० देखि ५० हजार फलोअर्स कम भैरहेका छन् । ट्विटरले यस्तो काम किन गरिरहेको छ ? कसैलाई यो बिषयमा आइडिया छ ?’
कंगनाले यो गुनासो ट्विटर इन्डिया, ट्विटरका सीइओलाई पनि व्यक्त गरेकी छिन् । कंगनाले राष्ट्रवादी मानिसलाई हरेक स्थानमा संघर्ष गर्नुपर्ने उल्लेख गरेकी छिन् । कंगनाले आफै अनफलो भैरहेको ट्विटर प्रयोगकर्तासँग माफी पनि मागेकी छिन् ।
प्रतिक्रिया 4