+
+

दक्षिण कोरियामा २० हजार नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १३:३२

१६ भदौ, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २० हजार नाघेको छ ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकमा २० हजार १८२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र दक्षिण कोरियामा कोरोना भाइरसका २३५ नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसको कारण ३२४ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियाको समग्र संक्रमितमध्ये १५ हजारभन्दा धेरै निको भइसकेका छन् । पछिल्लो केही दिनयता दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आएको छ । यद्यपि यसको कारण परीक्षणको संख्या घटाइनु पनि हुन सक्ने स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी यून ताइ होले बताए ।

दक्षिण कोरियाको राजधानी सहर सोलमा कोरोना भाइरसको संक्रमण बढेसँगै कडा प्रतिबन्ध लगाइएको छ । यहाँ विवाह, कन्सर्ट, अन्त्येष्टिलगायतका समारोहमा रोक लगाइएको छ । साथै कोठाभित्र ५० जनाभन्दा बढी र बाहिर एक सयभन्दा बढी मानिसको भिड जम्मा गर्न नपाइने नियम लगाइएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?