+
+

ट्रकसँग ठोक्किँदा जिप चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १७:४१

१७ भदौ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने जिप चालक धादिङ गजुरी गाउँपालिका- २ का ३० वर्षका शंकर सेढाईं रहेका प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १९ च ७६७७ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको ग २ ख ४३१९ नम्बरको ट्रक बुधबार बिहान ठक्कर खाएका थिए ।

ठक्करबाट घाइते जिपचालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?