+
+

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १२:०१

२३ भदौ, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ देखि भदौ ८सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी भदौ १२ बाँडफाँट गरेको रु. १०० अंकितदरका ६३ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सो समझदारी पत्रमा रिलायन्स लाइफकातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरे ।

रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवनबीमा कम्पनीहरुमध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?