+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुजारा चलाउन नसक्दा आत्महत्या, तीन छोराछोरीको बिजोक

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ २६ गते १७:१५

२६ भदौ, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए ।

राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् । निर्माण क्षेत्रमा मजदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो ।

लकडाउन पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ ।

‘हामी घरमा पुग्दा छातीमा राख्ने चामल पनि थिएन’ स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दाहसंस्कार गरियो ।’

उनका अनुसार दर्जी केही महिना अघिसम्म ठेला चलाउँथे । तर ठेला बेचेर निर्माण क्षेत्रमा मजदुरीको काम सुरु गरेका उनको काम लकडाउनले रोक्यो । ‘अति विपन्न परिवार थियो, छोराछोरीले मागेर पनि गुजारा गर्नुपर्ने अवस्था आएको रहेछ’ कुमारले भने, ‘घरको अवस्था हेर्दा भोकमारी सहन नसकेर बित्नुभयो जस्तो लाग्छ ।’

दर्जीकी माइली छोरी अपाङ्ग छिन् । तीन छोरी र १३ वर्षीय छोरा बुबाको किरिया बसेका छन् ।

‘विदेश जाने भन्दै दिल्ली गएकी आमा (अशोककी श्रीमती) उतै बेखर्ची हुनुहुन्छ’ कुमारले भने, ‘परिवारको विजोग देखेर किरिया खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएका छौं, अन्य संघ संस्थाले पनि सहयोग गरे ।’

सुन्दरहरैचा नगरपालिका– १० का अध्यक्ष राजेन्द्रबहादुर थापा आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने बताउँछन् । ‘श्रीमती पनि सम्पर्कविहीन हुनुहुँदो रहेछ’ उनले भने ‘ परिवारको आर्थिक अवस्था पनि अन्त्यन्तै कमजोर छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?