
३० भदौ, काठमाडौं । बारामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए ।
टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4