
३१ भदौ, काठमाडौं । बाँकेमा २० वर्ष कैद सजाए सुनाइएका व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् । खजुरा गाउँपालिका- ८ रनियापुर का ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले यही भदै २८ गते खाँलाई घरबाटै पक्राउ गरेको हो ।
उनी २०५४ साल फागुन ७ गते भएको साविकको रनियापुर गाविस-८ का नुर सलाम खाँको हत्यामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आजातलगायतका व्यक्तिहरुले रनियापुरस्थित चमकदारपुरमा नुरको छातीमा गोली हानी घाँटी रेटेर हत्या गरेका थिए । सोही घटना अदालतले दोषी ठहर गर्दै उनलाई सजाय सुनाएको थियो ।
उनी लगायतका व्यक्तिलाई जिल्ला अदालत बाँकेले २०७२ साल असोज १७ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4