
४ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सडक किनारामा खेलीरहेकी स्थानीय संचिता कार्कीलाई काठमाडौंबाट फर्किरहेको कन्टेनरले ठक्कर दिएको हो ।
कन्टेनरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बालिकालाई ठक्कर दिने ना ३ ख ५१८३ नम्बरको कन्टेनरलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनास्थलमा भर्खरै प्रहरी पुगेको स्थानीयले बताए छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4