+
+

प्याजको कालोबजारी गरेको आरोपमा दुई व्यापारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १९:१५

४ असोज, विराटनगर । प्याजको कालोबजारी गरेको आरोपमा विराटनगरका दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर गुद्री बजारमा ४७ रुपैयाँमा खरिद गरेको प्याज १०० रुपैयाँमा बिक्री गरेको आरोपमा दुई जना व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

भारतले निर्यात ठप्प गरेपछि विराटनगरसहित देशभर प्याजको अभाव छ । अभावमा कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार विजयकुमार योगेश पसल सञ्चालन गर्दै आएका गुप्ता र तनिसा ट्रेडर्स पसल सञ्चालन गर्दै आएका सहनीले ४७ रुपैयाँ प्रतिकेजी खरिद गरेको प्याज एकसय रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको पाइएको हो ।

कालोबजारीको सूचना पाएपछि ग्राहक बनेर गएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?