Comments Add Comment

निर्वाचनमा पराजित भए पनि चुपचाप हट्दिनँ : ट्रम्प

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा पराजित भए पनि शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन् । उनले अमेरिकामा आगामी निर्वाचनको नतिजा सर्वोच्च अदालतसम्म जाने बताएका छन् । उनले आफूलाई पोस्टल भोटिङमा आशंका रहेको पनि बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धेरै राज्यहरुले इमेलको माध्यमबाट मतदान गर्नुपर्नेमा जोड दिइरहेका छन् । उनलाई विपक्षी उम्मेदवारसँग हारेको, जितेको वा बराबरी भएको अवस्थामा सत्ता हस्तान्तरण गर्नुहुन्छ ? भनी गरिएको प्रश्नमा उनले भने, ‘मैले मतपत्रको विषयलाई लिएर प्रश्न उठाउँदै आएको छु र यो एक समस्या हो ।’

ट्रम्पले मतपत्रबाट छुटकारा पाउन सकिने तर शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण नहुने र यही सरकार निरन्तर रहने बताएका छन् । यसअघि सन् २०१६ मा पनि ट्रम्पले आफूले निर्वाचनको नतिजा स्वीकार गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्न अस्वीकार गरेका थिए । यसलाई विपक्षी उम्मेदवार हिलारी क्लिन्टनले लोकतन्त्रमाथिको प्रहार भएको बताएकी थिइन् ।

ट्रम्पले यो निर्वाचनको नतिजा अदालतमा पुगेर टुङ्गिने सम्भावना बढी रहेकाले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिनु जरुरी रहेको बताउँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment