+
+

सीडीओको फेसबुक ‘ह्याक गरेर’ हिन्दीमा च्याट !

श्रवण देव श्रवण देव
२०७७ असोज १३ गते २०:०५

१३ असोज, जनकपु्रधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलको फेसबुक म्यासेन्जरबाट ‘हाइ’ भन्दै सन्देश आएपछि सप्तरीका बालकृष्ण मण्डल अचम्ममा परे । उनी झन् आश्चर्यमा त्यतिबेला परे, जब ‘सीडीओ’ले हिन्दीमा बेतुकका कुरा गर्न थाले ।

सोमबार साँझ ५ बजेर १८ मिनेटमा सीडीओ पौडेलको म्यासेन्जरबाट मण्डललाई सन्देश आएको थियो । तर, च्याट गर्ने क्रममा उताबाट पैसा ट्रान्सफर गर्ने कुरा आएपछि मण्डललाई शंका लाग्यो ।

‘एक काम कर दो,’ उताबाट यस्तो लेखिएपछि मण्डलले भने, ‘के सर, भन्नु न ।’

‘पेटिएम यूज करते हो ?’

‘छैन सर, मोबाइल बैंकिङ मात्र छ’

‘हा’

शंका लागेर मण्डलले सोधे, ‘हजुर को हो ?’

जवाफ आयो, ‘कुछ पैसा ट्रान्सफर करवाना था ।’

मण्डलले अब चाहिँ हिन्दीमा सोधे, ‘आप हो कौन ?’

त्यसपछि कुनै जवाफ आएन ।

यस विषयमा सीडीओ पौडेलसँग प्रश्न गर्दा उनले यस्तो च्याट आफूले नगरेको बताए ।

‘मलाई त केही जानकारी नै छैन’ उनले भने, ‘यसबारेमा बुझ्न लगाउँदैछु ।’

मण्डल रिलाइबल लाइफ इन्सुरेन्सको सप्तरी शाखामा कार्यरत छन् । सीडीओबाट सन्देश आएको ठानेर आफूले कुरा गरेको उनले बताए । तर लगातार हिन्दीमा कुरा गर्दै रकम ट्रान्सफरको कुरा गरेपछि आफू झस्किएको उनको भनाइ छ ।

‘सुरेन्द्र सर सप्तरीमा पनि सीडीओ भएर बस्नुभएकाले खुशी भएर कुरा गरेको थिएँ,’ उनले भने ।

 

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?