+
+

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १७:४१

१६ असोज, काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२९ का ४० वर्षीय रामबाबु महतो रहेका छन् । पर्सा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा ०७३ साल माघ १३ गते ८ वर्ष कैद र र ६० हजार जरीवानाको फैसला सुनाएको थियो ।

गाउँमै लुकिछिपी बसेको अवस्थामा श्रीपुरबाट खटिएको प्रहरीको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका महत्तोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि म्याद थप गर्न शुक्रबार जिल्ला अदालत पर्सामा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?