+
+

तनावबिच भारत र चीनबिच सीमा वार्ता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते ९:४९

२६ असोज, काठमाडौं । दुई देशको बिचमा रहेको सीमा तनाव अन्त गर्न आज भारत र चीनका उच्च सैनिक अधिकारीहरुको सातौं बैठक बस्दैछ । केही महिना यता चीन र भारतबिच लद्धाख क्षेत्रमा तनाव जारी छ ।

अहिलेसम्म विभिन्न चरणमा भएका वार्ताले खासै नतिजा नदिइरहेको समयमा दुई देशबिच आज वार्ता हुन लागेको हो । वार्ता भएपनि आज नै कुनै ब्रेक–थु्रको सम्भावना भने एकदमै कम रहेको छ ।

आजको वार्तामा चिनियाँ विदेश मन्त्रालयका एक उच्च अधिकारीहरुको पनि उपस्थिति हुने बताइएको छ ।

लद्धाख क्षेत्रको तनाव कम गर्नका लागि अहिलेसम्म गरिएका प्रयासहरु व्यर्थ सावित भएका छन् । वार्ताले अपेक्षित नतिजा नदिएपछि दुवै पक्षले सो क्षेत्रमा हतियार र सैन्य सामाग्री थुपारीरहेका छन् । तनावका सम्वन्धमा दुई देशका विदेशमन्त्रीहरुबिच समेत वार्ता भइरहेको छ तर पनि समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?