
२८ असोज, चितवन । चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु-१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आईसीयूमा उपचाररत ती पुरुषको राति १० : २० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
असोज १८ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २० गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोना संक्रमणबाट जिल्लाका ३८ जना र जिल्ला बाहिरका २९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4