+
+

केएमसीका अभिभावक आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १३:०५

३० असोज, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुल (केएमसी) का अभिभावकले मासिक शुल्क वृद्धिको विरोधमा शुक्रबार प्रदर्शन गरेका छन् । कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि विद्यालयले बढी शुल्क लिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक-पटक आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् ।

१३ वुँदे माग सम्बोधन गर्न विद्यालय प्रशासनलाई दुई हप्ताको समय दिँदा समेत बेवास्ता गरेका कारण बाध्य भएर आफूहरु प्रदर्शनमा उत्रनु परेको अभिभावक समेत रहेका रविन्द्र ओझाले जानकारी दिए ।

गैरकानुनी वार्षिक शुल्क खारेज गर, शुल्कको नाममा विद्यार्थीलाई मानसिक तनाव दिने काम बन्द गर, ट्युसन शुल्कमा ५० प्रतिशत कायम गर, कोभिड १९ को समयमा शुल्क वृद्धि बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले विद्यालय अगाडि प्रदर्शन गरेका थिए ।

अभिभावकले उठाएको माग सम्बोधन गर्न विद्यालय प्रशासन तयार नरहेको उनीहरुले आरोप लगाएका छन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?