+
+

दुबईको अस्पतालमा नेपाली राजदूतको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते २०:१६

२ कात्तिक, युएई । नेपाली दूतावास अबुधाबीको एक टोलीले आइतबार दुबईको रसिद अस्पतालको भ्रमण गरी त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको नेतृत्वमा गएको टोलीमा श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान सहभागी थिए ।

त्यहाँ उपचाररत नेपाली बिरामीलाई भेटेर अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिवद्धता गरेको राजदूत ढकालले बताए ।

दूतावासको टोलीले अस्पतालका जनरल डाइरेक्टर डा.फहद बस्लिब र चिकित्सकहरूको समूहसँग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएको थियो ।

दूतावासको टोलीले उपचाररत नेपालीहरुलाई यात्रा अनुमतिपत्र, आवस्यकता परेका बिरामीलाई नि:शुल्क हवाई टिकट र बिरामीका सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको पीआरओ इर्फानले जानकारी दिए ।

पीआरओ इर्फानका अनुसार दूताबास र नेपाली समुदायको पहलमा चुराबहादुर थापालाई हवाइ टिकट र एकतर्फी यात्रा अनुमतिपत्र प्रदान गरिने सहमति भएको छ ।

उक्त अस्पतालमा धेरै नेपाली बिरामीहरू रहे पनि समय व्यवस्थापन र प्राविधिक कारण आइतबार त्यहाँ उपचाररत ५ जना बिरामीलाई मात्रै भेट्न सकेको दूतावासले बताएको छ ।

-रामप्रसाद ढुंगेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?