+
+

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १९:२४

३ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार मात्रै उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको सोमबार दिउँसो १ः४५ बजे मृत्यु भएको श्रेष्ठले बताए ।

६८ वर्षीय पुरुषमा भने असोज २८ गते कोरोना पुष्टि भएको थियो । उनलाई पनि सोमबार मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको पनि सोमबार दिउँसो ३ः३० बजे मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?