+
+

स्पेनमा १० लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते ११:२२

६ कात्तिक, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म मुलुकमा १० लाख पाँच हजार २९५ कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र स्पेनमा कोरोनाका १६ हजार ९७३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै स्पेन कोरोना संक्रमित १० लाख नाघ्ने पहिलो युरोपेली मुलुक बनेको छ । स्पेनमा गत जनवरी ३१ मा कोरोनाका पहिलो संक्रमित फेला परेका थिए ।

अहिलेसम्म विश्वभरमा अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ । युरोपमा पछिल्लो केही महिनायता निरन्तर कोरोना संक्रमण बढिरहेको पाइएको छ । यससँगै केही युरोपेली मुलुकले सामाजिक गतिविधिको नियममा कडाइ गर्ने नियम अघि सारिसकेका छन् ।

अहिलेसम्म स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३४ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र स्पेनमा कोरोनाबाट १५६ जनाको मृत्यु भएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?