Comments Add Comment

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

७ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६, भक्तपुरका ५, चितवनका ३, सुनसरीका २, मोरङ र दाङका १/१ जना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् ।

धरान उपमहानगरपालिका– ८ सुनसरीकी ५९ वर्षकी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा शुक्रबार विहान करिब ४ बजे मृत्यु भएको छ । असोज २९ गते भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा स्वासप्रश्वास र मधुमेहसम्बन्धी रोग थियो ।

बेलबारी नगरपालिका–११ मोरङका ४२ वर्षका पुरुषको पनि शुक्रबार विहान ३ बजे नोबल मेडिकल कलेजमै मृत्यु भएको छ । ५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको छ । उनमा फोक्सो र मिर्गौलासम्बन्धी समस्या थियो ।

धरान उपमहानगरपालिका–११ सुनसरीकी ५२ वर्षकी महिलाको शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जाँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा हाइपरटेन्सन र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

राप्ती नगरपालिका– ५ चितवनकी ८४ वर्षकी महिलाको शुक्रबार विहान ४ः १९ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक ५ गते स्वासप्रश्वासमा समस्या र उच्च ज्वरो देखिएछि अस्पताल भर्ना भएकी उनमा कात्तिक ६ गते संत्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, बाथरोग र निमोनियाको समेत समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

भरतपुर महानगरपालिका– ७ चितवनका ७० वर्षका पुरुषको शुक्रबार विहान ८ः ४४ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक २ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा सोही दिन कोुरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौला र उच्च रक्तचापको समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

भरतपुर महानगरपालिका– ७ चितवनका ५७ वर्षका पुरुषको बिहीबार राति भरतपुर अस्पतालमा मृत्यु भएको छ । असोज २६ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ६ गते अस्पताल भर्ना भएका थिए ।

भोटेबहाल काठमाडौंका ७८ वर्षका पुरुषको कात्तिक ५ गते मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

काठमाडौंका ७५ वर्षका पुरुषको कात्तिक ६ गते मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी  निमोनिया भएपछि कात्तिक ६ गते अस्पताल भर्ना भएका र सोही दिन मृत्यु भएको हो ।

वानेश्वर काठमाडौंका ५३ वर्षका पुरुषको कात्तिक ६ गते मृत्यु भएको छ । कात्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी निमोनिया र सेप्सिस भएपछि अस्पताल भर्ना भएका थिए ।

काठमाडौंकी ८० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकी उनलाई निमोनिया भएको थियो । उनमा रक्तअल्पता र मधुमेहको समस्या पनि थियो ।

काठमाडौंका ५५ वर्षका पुरुषको शुक्रबार मृत्यु भएको छ । असोज २५ गते कोरोना संक्रमण देखिएका उनमा निमोनिया सक र मुटुको समस्या देखिएपछि असोज २५ गते नै अस्पताल भर्ना भएका थिए ।

काठमाडौंका ४८ वर्षका पुरुषमा मृत्युपछि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । निमोनिया भई कात्तिक ५ गते अस्पताल भर्ना भएका उनको कात्तिक ६ गते मृत्यु भएको थियो ।

भक्तपुरका ७१ वर्षका पुरुषको कात्तिक ५ गते मृत्यु भएको छ । कात्तिक ५ गते नै कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र युरिक एसिडको समस्या थियो ।

चाँगुनारायण भक्तपुरका ६२ वर्षका पुरुषको कात्तिक ६ गते मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको र निमोनियाको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी मधुमेह र कलेजोका बिरामी थिए ।

मध्यपुर थिमी नगरपालिका भक्तपुरका ७१ वर्षका पुरुषको कात्तिक ६ गते मृत्यु भएको छ । दमको बिरामी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएका थिए र ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भक्तपुरकी ४५ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । असोज १० गते अस्पताल भर्ना भएकी र सोही दिन कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च रक्तचापको समस्या थियो ।

गठ्ठाघर भक्तपुरका ७२ वर्षका पुरुषको कात्तिक ६ गते मृत्यु भएको छ । कात्तिक ५ गते अस्पताल भर्ना भएका दमका बिरामी उनमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङमा कार्यरत ५३ वर्षका पुरुषको शुक्रबार कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई शुक्रबार स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment