+
+

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ९ गते १८:२६

९ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४२, ५८ र ६८ वर्षका पुरुष र ५२ वर्षकी महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– १ का ४२ वर्षका पुरुषको कात्तिक ७ गते साँझ ७ः४५ बजे चरक अस्पतालमा मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी उपचारका लागि कात्तिक ७ गते नै अस्पताल भर्ना भएका थिए । उनमा निमोनियाको समस्या थियो ।

पोखरा महानगरपालिका–२२ का ६८ वर्षका पुरुषको कात्तिक ८ गते विहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक ७ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनियाको समस्या थियो ।

पोखरा महानगरपालिका– ३१ का ५८ वर्षका पुरुषको कात्तिक ८ गते दिउँसो ४ : २५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा निमानिया, हाइपरटेन्सन र मधुमेहको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै पोखरा महानगरपालिका – १५ कि ५२ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार राति पोखरा प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई शनिबार नै कोरोनाको संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?