+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

गोरखाकी कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १७:४२

११ कात्तिक, काठमाडौं । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।  बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु  भएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । अस्पतालका  अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?