+
+

काठमाडौं उपत्यकामा थप १६१५ जना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १६:०३

१३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।

ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।

भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।

बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?