+
+

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १३:५२

१४ कात्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको हो ।

वृद्धामा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको र आईसीयू कक्षमा राखेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको डा. आचार्यले बताए । अस्पतालका अनुसार वृद्धा निमोनिया लगायतका अन्य रोगबाट पनि ग्रसित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?