
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।
रिजालले एक ट्वीट गदै भनेका छन्,’नेताहरुको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ । नेकपा फुट्दैन, केपी ओली नेतृत्वको नेकपाको सरकार पाँच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद पुनर्गठन हुन्छ, असहमतिहरुको समाधान बैठकबाट खोजिन्छ ।’
नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ:
१. नेकपा फुट्दैन ।
२. केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ ।
३. प्रचण्डको नेतृत्वमा नेकपा चल्छ ।
४. सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।
५. असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ ।— Bishnu Rijal (@bishnurijal1) November 3, 2020
प्रतिक्रिया 4