Comments Add Comment

अक्षयको ‘लक्ष्मी’लाई खराब प्रतिक्रिया

कोरोनाका कारण हलहरु बन्द भएपछि बलिउडका निर्माताले चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिरहेका छन् । कम बजेटकादेखि बीग बजेटका चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । यसमध्ये, सर्वाधिक प्रतिक्षामा रहेको नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको चलचित्र ‘लक्ष्मी’ पनि सोमबार रिलिज भएको छ ।

साउथ चलचित्र ‘कञ्चना’को रिमेकको रुपमा बनेको अक्षयको ‘लक्ष्मी’ रिलिज भएसँगै समिक्षक र दर्शकले प्रतिक्रिया दिन थालेका छन् । तर, यो चलचित्रलाई समिक्षकले निकै खराब भनेका छन् । समिक्षक तरण आदर्शले चलचित्रबाट आफू निराश भएको भन्दै यसलाई खराब चलचित्र भनेका छन् ।

ट्विटरमा चलचित्र हेर्ने अधिकांश दर्शकले निकै खराब प्रतिक्रिया दिएका छन् । चलचित्रको लेखन पक्षलाई मुख्य समस्या समिक्षकले मानेका छन् । चलचित्रको पटकथा कमजोर हुँदा दर्शकको ध्यान तान्न यो सफल नहुने उनीहरुको तर्क छ ।
नायक अक्षय कुमारले चलचित्रका लागि निकै मिहिनेत गरेको समिक्षा आदर्शको तर्क छ । नायिका कियरा आडवाणीको भूमिका छोटो भएको समिक्षकहरुले उल्लेख गरेका छन् । चलचित्रबाट दर्शक र चलचित्र पण्डितहरुले धेरै आशा गरेपनि यसले निराशा बाहेक केही नदिने बताइएको छ ।

डिजिटल प्लेटफर्ममा रिलिज भएका चलचित्रहरु मध्ये ‘गुञ्जन सक्सेना’ बाहेक अरुले खासै दर्शकको मन जित्न सफल भएका छैनन् । यस अर्थमा, यदि अक्षयको ‘लक्ष्मी’ हलमा रिलिज भएको भए यसबाट वितरकलाई ठूलो घाटा ब्यहोर्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment