+
+

प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १२:०८

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यो हेलिप्याड नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको प्राविधिक सहयोगमा नेपाल आर्मीले तयार पारेको हो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग प्राधिकरणले गरेको हो । तर, निर्माणको सम्पूर्ण जिम्मा भने नेपाली सेनाले लिएको थियो ।

यो हेलिप्याडमा अहिले नेपालमा संचालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?