Comments Add Comment

सुर्खेतमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

२९ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएर उनी आज बिहान करिब ४ बजे बेहोस भएका थिए । २५ मिनेटसम्म छाती थिचेर ब्युँताउने प्रयास (सीपीआर) गर्दा पनि नसकिएपछि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या १७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment