Comments Add Comment

यस्तो मन्दिर जहाँ भक्तजनलाई प्रसादमा दिइन्छ सुनका सिक्का !

छिमेकी मुलुक मध्य प्रदेशस्थित रतलाम सहरको माणकमा एउटा अनौठो मन्दिर छ । प्रायः सबै हिन्दु मन्दिरहरुमा भक्तजनलाई प्रसादका रुपमा विभिन्न खाले खानेकुरा तथा फूल र अक्षता दिइन्छ । तर माणकको उक्त मन्दिरमा चाहीँ भक्तजनले प्रसादको रुपमा सुन चाँदीका सिक्का पाउँदछन् ।

महालक्ष्मीको उक्त मन्दिरमा वर्षौँभरि भक्तजनको भिड हुन्छ । भक्तजनहरुले त्यहाँ करोडौँ रुपैयाँका नगद तथा गरगहना चढाउने गर्दछन् । दर्शनार्थीले चढाएकै तिनै गरगहना तथा सुनचाँदीका सिक्काहरु प्रसादको रुपमा बाँड्ने गरिन्छ ।

दिपावलीको बेला यो मन्दिरमा पाँच दिनसम्म दीप उत्सव मनाइन्छ । त्यसबेला मन्दिरलाई फूलले होइन कि भक्तजनले चढाएका गरगहना र पैसाले सजाइन्छ ।

दीपोत्सवका बेला मन्दिरलाई कुवेरको दरबार नै बनाइन्छ । र, मन्दिरमा आउने भक्तजनलाई प्रसादको रुपमा गरगहना, सुनचाँदीका सिक्का तथा नगद समेत दिइन्छ । अबमरउजालाबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment