+
+

विराटनगरका छठघाट सुनसान, छाडिएन नहरमा पानी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते ७:३८

४ मंसिर, विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् ।

कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सर्वसाधारणले घरमै बसेर छठ मनाउने तयारी गरेका छन् ।

छठ पर्व मनाउनका लागि सधैं सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पानी छाडिन्थ्यो । तर यो पटक भने नहरमा पानी आएको छैन । स्थानीय प्रशासनले पानी नछाड्न सुनसरी मोरङ सिँचाइ आयोजनालाई आग्रह गरेको थियो । तर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेका छन् ।

पानी भएका खोला र पोखरीका किनारमा पनि कुनै रौनक छैन । नत्र यतिबेला छठ पूजाका लागि सरसफाइ गर्ने, सिँगार्ने, झिलिमिली बनाउने र भजनले गुन्जायमान हुन्थ्यो ।

भीडभाड गर्दा सक्रमणको जोखिम उच्च हुने भएकाले अर्घ दिनमात्र घाटमा जाने तयारी विराटनगरवासीले गरेका छन् । आस्था र विश्वासको पर्व छठ अहिलेको अवस्थामा सुरक्षित रुपमा घरमा मनाउनु सबैको हितमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?