+
+

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १३:११

७ मंसिर, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् ।

महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?