+
+

नेप्से परिसूचक १८ सय नाघ्यो, होटल बाहेक सबै समूह हरियाली

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १५:०९

९ मंसिर, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह भनेर घटेर रातो देखिएको छ । होटल मंगलबार १.६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् ।

मंगलबार धेरै बढ्नेमा व्यापार समूह देखिएको छ । यो समूह १७२ दशमलव ६२ अंकले उकालो लागेको छ । बुधबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड (बीएनटी) देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?