
१० मंसिर, काठमाडौं । रुसले अमेरिकालाई आफ्नो समुद्री क्षेत्रमा दखल नदिन चेतावनी दिएको छ । रुसले आफ्नो समुद्री क्षेत्रमा अमेरिकी जलसेनाको डिस्ट्रोयर छिरेको र आफ्नो वारसिपले त्यसलाई भगाएको दाबी गरेको छ । रुसका अनुसार मंगलबार जापान सागरमा रुसको जोन एस म्याक्केन नामक डिस्ट्रोयर रुसको समुद्री क्षेत्रतर्फ दुई किलोमिटरसम्म छिरेको थियो । रुसी वारसिपले आफ्नो समुद्रबाट नहटे कारबाहीको चेतावनी दिएसँगै अमेरिकी जनसेनाको उक्त जहाज फर्किएको थियो ।
यद्यपि अमेरिकाको जलसेनाले भने आफ्नो जहाजले कुनै गलत काम नगरेको र कसैले पनि नधपाएको बताएको छ । यो घटना मंगलबार जापान सागरमा भएको हो । यो सागरमा रुस, जापान र कोरियाको सिमाना पर्छ । अमेरिकाको जलसेनाले रुसको दाबी गलत भएको बताएको छ । रुसले धक्म्याउँदैमा अमेरिकी सेना उक्त क्षेत्रमा गएको भए पनि नभाग्ने अमेरिकी जलसेनाको दाबी छ । उसले जापान सागरमा रुसको दाबी आफूहरुले स्वीकार नगरेको पनि स्पष्ट पारेको छ ।
रुसले उल्लेख गरेको जस्तो घटना समुद्री क्षेत्रमा निकै दुर्लभ हो । गत वर्ष पूर्वी चीन सागरमा अमेरिका र अमेरिकी जहाज झण्डै एकअर्कासँग ठोक्किने अवस्थामा पुगेका थिए । यो घटनाको लागि दुवैले एकअर्कालाई आरोप/प्रत्यारोप गर्दै आएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4