+
+

विराटनगरमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १२:१७

१२ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

१७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।

२५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।

चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए । विराटमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो । तर घरमा बस्दा अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?