+
+

थप १७०३ जनामा कोरोना भाइरस संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १७:५०

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा १०९, झापामा ९६, रुपन्देहीमा ७०, भक्तपुरमा ६३, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३, मकवानपुरमा २१, पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५/१५ संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र बैतडीमा ११/११, दोलखा, पर्वत र स्याङ्जामा १०/१०, पर्सा, सुनसरी, सिराहा र जुम्लामा ९/९, गोरखा, दैलेख, अछाम र बझाङमा ८/८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धुरामा ६/६ र लमजुङमा ५ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतमा ४/४, खोटाङ र प्युठानमा ३/३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २/२, इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?