+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘नालापानी’लाई विशेष चलचित्र घोषणा गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते ९:४४

रिमेश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘नालापानी’लाई विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्रसँग सम्बन्ध्ति विभिन्न संस्थाहरुले सरकारसँग सिफारिश गरेका छन् । चलचित्र विकास बोर्डले एक पत्रमार्फत चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई प्रस्तुत गरेर राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तीलाई विश्व बजारमा प्रसार तथा प्रवद्र्धन गर्ने भएकाले यसको प्रचार–प्रसार, प्रदर्शन लगायतका पाटोमा सहयोग उपलब्ध गराउन संचार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, वीर वलभद्र कुँवर प्रतिष्ठान नेपालले पनि यो चलचित्रलाई विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रबार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिश पत्र संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई वुझाएका छन् ।

मन्त्री गुरुङले राष्ट्रिय गौरवको कथा चलचित्रमा प्रस्तुत भएको भन्दै सहयोग गर्ने आश्वासन दिएका छन् । चलचित्रको पोष्ट प्रोडक्शन काम चलिरहेको छ । रिमेश अधिकारी फिल्म प्रोडक्शनको प्रस्तुतीमा तयार भएको चलचित्रमा बीजीबी इन्टरटेन्मेन्ट र गंगा नारायण फिल्मस्को सहकार्य छ ।

चलचित्रमा रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन, रोशन श्रेष्ठको एक्सन, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन छ । चलचित्रमा घनेन्द्र थपलिया कार्यकारी निर्माताको रुपमा छन् भने मनोज शाक्य यसका निर्माता हुन् । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?