+
+

संसदको विशेष अधिवेशन बोलाउनुपर्छ : कांग्रेस नेता महत 

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १५:१९

१७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले तत्काल संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

प्रेस युनियन पर्सा शाखाले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको समस्या राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न उचित नहुने भन्दै तत्काल विशेष अधिवेशन बाेलाउन माग गरेका हुन् । देशभित्र उठेका प्रश्नको जवाफ सरकारले संसदको विशेष अधिवेशनमा दिनुपर्ने उनको भनाइ थियो ।

‘कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको छ । कोरोना संक्रमितको उपचारका लागि पैसा छैन भन्ने तर पार्टीका नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गर्ने ? यसले जनता मारमा परेका छन्,’ उनले भने, ‘मुलुकमा भएका भ्रष्टाचार र बेथितिको विरोध गरेकै कारण संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएर राखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?