+
+

कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते २१:२७

१७ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु  भएको छ ।

काठमाडौं र ललितपुरका २/२, मकवानपुर, कास्की, नवलपरासी पूर्व, स्याङ्जा, पाल्पा, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • काठमाडौंकी ७७ वर्षकी महिलाको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर ७ गते अस्पताल भर्ना भएकी उनमा १६ गते नै संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलाकी रोगी थिइन् ।
  • काठमाडौंका ४५ वर्षका पुरुषको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर ३ गते अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो । उनमा पाचन प्रणालीमा रक्तश्राव हुनेसम्बन्धी रोग थियो ।
  • ललितपुरका ६६ वर्षका पुरुषको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर ७ गते संक्रमण पुष्टि भएका उनी स्वासप्रश्वासमा समस्या देखिएपछि १६ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • ललितपुरका ८० वर्षका पुरुषको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर ११ गते संक्रमण पुष्टि भएका उनी १३ गते अस्पताल भर्ना भएका थिए । उनमा युरिक एसिडको समस्या थियो ।
  • मकवानपुरका ६२ वर्षका पुरुषको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर १४ गते संक्रमण पुष्टि भएका उनी १५ गते अस्पताल भर्ना भएका थिए । उनमा नसासम्बन्धी र दमको समस्या थियो ।
  • कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१४, कास्कीकी ४८ वर्षकी महिलाको बुधबार दिउँसो साढे १२ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
  • बगनासकाली गाउँपालिका-१, पाल्पाका ३८ वर्षीय पुरुषको बुधबार विहान लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको छ । मंसिर १२ गते संक्रमण पुष्टि भएका उनी १४ गते अस्पताल भर्ना भएका थिए ।
  • गल्याङ नगरपालिका-४, स्याङ्जाका ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा  बुधबार विहान मृत्यु  भएको  छ । मंसिर १ गते अस्पताल भर्ना भएका उनमा २ गते संक्रमण पुष्टि भएको थियो ।
  • तुलसीपुर उपमहानगरपालिका-६, दाङका ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजेतिर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । मंसिर ६ गते अस्पताल भर्ना भएका उनमा ७ गते संक्रमण पुष्टि भएको थियो ।
  • घोडाघोडी नगरपालिका– १ कैलालीकी ४५ वर्षकी महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार दिउँसो १२ः १० बजे मृत्यु भएको छ । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा १५ गते संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?