
Photo Credit : CNSA/CLEP
१८ मंसिर, काठमाडौं । चीनले चन्द्रमामा पठाएको चाङ ई–५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा टेकेदेखिको क्षितिजसम्मको तस्वीर पठाएको छ । चन्द्रमाबाट माटो र ढुङ्गाको नमुना संकलन गरी पृथ्वीमा ल्याउन पठाइएको अन्तरिक्षयानले मंगलबार चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।
चन्द्रमाको सतहमा अवतरण गरेसँगै यो अन्तरिक्षयानले सतहको नमुना संकलनको काम सुरु गरेको छ । यसरी संकलन गरिएको नमुनालाई रिटर्न मोड्युलसम्म पुर्याउने काम बिहीबारदेखि सुरु हुनेछ । योजना अनुसार उक्त रिटर्न मोड्युलले मंगोलियाको सिजिवाङको घाँसे मैदानमा ल्याण्ड गर्नेछ ।
चन्द्रमाको सतहको नमुना पृथ्वीमा ल्याउन सफल भए अमेरिका र रुसपछि उक्त नमुना ल्याउने चीन तेस्रो मुलुक बन्नेछ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4