
Photo Credit : PA MEDIA
२३ मंसिर, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९)श विरुद्धको सार्वजनिक खोप कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमको सुरुवातमा मंगलबार उत्तर आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको हो । एन्निसकिलेनकी मार्गरेट कीनानले उक्त खोप पाएकी हुन् । उनले कोरोना खोप लगाउन पाउँदा निकै खुसी लागेको बताइन् । बेलायतले कोरोना खोप सबैभन्दा पहिला ८० वर्षभन्दा बढी उमेरका मानिसहरु र स्वास्थ्य तथा स्याहार केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई प्रदान गरिने बताएको छ ।
बेलायतले सबैभन्दा पहिला अति जोखिमपूर्ण समूहलाई यो खोप लगाउने र जनजीवन सामान्य अवस्थामा फर्काउने तयारी गरिरहेको छ । यद्यपि बेलायतमा खोप लगाउनु अनिवार्य भने हुनेछैन ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4