+
+

भारतीय किसान आन्दोलनप्रति अखिल किसान महासंघको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १६:०२

२४ मंसिर, काठमाडौं । अखिल नेपाल किसान महासंघले भारतमा जारी किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

महासंघका अध्यक्ष भैरवराज रेग्मीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय किसान आन्दोलनको सफलतालको कामना समेत गरेका छन् ।

भारतमा कृषिक्षेत्रलाई साम्राज्यवादी कर्पोरेट प्रणालीमा रूपान्तरण गरेर किसानमारा नीति अवलम्बन गर्ने मोदी शासनको विरुद्ध किसानहरू हलो–जुवा, ट्रयाक्टरको जुलुससहित भारतभरि प्रदर्शन गरिरहेका महासंघले उल्लेख गरेको छ ।

‘भारतीय किसानको यो आन्दोलनलाई नेपालका किसानहरूले समर्थन गर्दछन् र साम्राज्यवादीको नवउपनिवेशवादी नीतिको विरुद्ध विश्व किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछन्’ महासंघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?