Comments Add Comment

बंगलादेशसँग जीटूजीमार्फत सोझै मल किन्न मन्त्रिपरिषदको स्वीकृति

२४ मंसिर, काठमाडौं । सरकारले बंगालदेशसँग सरकारी स्तर (जीटूजी) प्रक्रियाबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

१७ मंसिरको मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि जीटूजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसअघि गत कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबाट उब्जेको अन्योल अब भने हटेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।

‘पहिलेको निर्णयमा प्रष्टता थिएन, अहिले स्पष्ट भएको छ, अब मल खरिद प्रक्रिया थाल्न सहज हुन्छ,’ प्रवक्ता केसीले भने ।

मन्त्रिपरिषद्को निर्णयपछि अब कृषि सामाग्री कम्पनी लिमिटेडले बंगालदेशको सरकारी कम्पनीसँग मल खरिदका लागि मूल्य माग्ने काम सुरु हुने मन्त्रालयले जनाएको छ ।

मूल्यमा समझदारी भए ढुवानीका लागि यसअघिनै ठेक्का सम्झौता भइसकेको कम्पनीमार्फत मल आयात थालिने प्रवक्ता केसीको भनाइ छ ।

कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई जीटूजी प्रतिस्पर्धामार्फत मल ल्याउन निर्देशन दिने’ निर्णय गरेको थियो ।  कात्तिक दोस्रो साता मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा भने मल किन्ने समझदारीको स्वीकृती र अख्तियारी पारित गर्नुपर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment