+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १९:०५

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ग्लोबल सर्भिस क्याम्प मंसिर २८ देखि ८ पौष गतेसम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।

उक्त उद्घाटन समारोहमा टाटा मोटर्स कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले भिडियो मार्फत यस वर्ष हाम्रा ग्राहकवर्गहरुलाई धेरै महिना गाडी थन्काएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२०को आयोजना गरेको जानकारी दिए ।

यसका साथै सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया, तथा सहभागीहरुलाई सम्बोधन गर्दै सुरक्षित रहेर ग्लोबल सर्भिस क्याम्पमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिए ।

सोहि समारोहमा सिप्रदी ट्रडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यबाद दिए । यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिनसम्म आयोजना गरिएकोे उल्लेख गरे ।

त्यसैले ग्राहकहरुलाई ढुक्क भई प्रि–बुकिङ्ग गरेर यो सर्भिस क्याम्पको फाइदा उठाउन आग्रह गरे । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस, लुब्रिकेन्टस र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।

यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?