+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ग्यासको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १८:१२

३० मंसिर, काठमाडौं । ग्यासको कालोबजारी गरेको आरोपमा मोरङको विराटनगरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का मनिष यादव रहेका छन् । यादवले मलाहा रोडमा सञ्चालन गरेको फोटोकपी तथा ग्यास पसलबाट एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास भर्दा कम तौलमा बिक्री गर्ने गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उनको पसलबाट ठूलो ग्यास सिलिण्डर ११ थान, सानो ग्यास सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिंक गर्ने पाइप १ थान समेत बरामद भएको छ ।

यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?