+
+

ट्वीटरले बन्द गर्दैछ पेरिस्कोप

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १७:३२

सोसल मिडिया कम्पनी ट्वीटरले लाइभ भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम पेरिस्कोप बन्द गर्ने भएको छ । ट्वीटरले पाँच वर्ष अगाडि खरिद गरेको पेरिस्कोपलाई अन्ततः बन्द गर्ने निर्णयगरेको हो ।

एक ब्लग पोष्टमार्फत् जानकारी दिँदै पेरिस्कोपले मंगलबार भनेको छ, ‘सन् २०२१ को मार्चदेखि छुट्टै मोबाइल एपको रुपमा पेरिस्कोपलाई बन्द गर्ने कठिन निर्णय हामीले गरेका छौँ ।’

लामो समयदेखि पेरिस्कोप एपको सुधार तथा मर्मत र सञ्चालनको कार्य दीगो बन्न नसकिरहेको यथार्थ स्वीकार गर्दै पेरिस्कोपले पछिल्ला वर्षहरुदेखि यसका प्रयोगकर्ताहरुको संख्यामा कमी आएको र यो एप सञ्चालनका लागि हुने खर्च बढिरहेको जनाएको छ ।

पेरिस्कोपका लाइभ स्ट्रिमिङ्गका धेरै फिचरहरु ट्वीटरमा थप गरिसकिएको र पेरिस्कोपमा यसअघि गरिएका लाइभ भिडियोहरु ट्वीटरमा सेयर गर्न सकिने सुविधा भविष्यमा पनि रहने बताइएको छ । त्यस्तै आगामी मार्च महिना अघिसम्म पेरिस्कोपमा रहेका डाटा आर्काइभहरु डाउनलोड गर्न सकिन्छ ।

स्मरण रहोस् सन् २०१५ मा लञ्च भएसँगै लाइभ इभेन्टहरु शेयर तथा फलो गर्ने प्लाटर्फमका रुपमा पेरिस्कोप निकै लोकप्रिय बनेको थियो । त्यसकै कारण प्रतिस्पर्धी प्लाटर्फमहरु फेसबुक र इन्स्टाग्रामले पनि आफ्नै स्ट्रिमिङ्ग सर्भिस लञ्च गरे ।

योसँगै ट्वीटरले खरीद गरेर बन्द गर्ने पेरिस्कोप दोश्रो एप हुनेछ ।

ट्वीटरले यसअघि सन् २०१२ मा भिडियो एप भाइन खरिद गरी सन् २०१७ मा बन्द गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?